कोशी सरकार विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै परेको रिटमाथि आज आइतबार सुनुवाइ हुँदैछ । कोशी प्रदेश सभामा नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख सहितको हस्ताक्षरमा बिहीबार मुख्यमन्त्रीका लागि दाबी गरेका थिए । त्यस आधारमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार नै मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

सभामुखलाई समेत जोडेर सरकार गठन गरिनु असंवैधानिक भन्दै नेता कार्कीले सर्वोच्चमा रिट हालेका हुन् । रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको कोशी प्रदेश सरकार असंवैधानिक भएकाले बदर गर्न माग गरिएको छ । यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश माग गरिएको छ । यो उपधारामा अल्पमतको सरकार गठनको व्यवस्था छ । दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुन नसकेमा यो उपधारा अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको सरकार गठन हुने व्यवस्था छ । कोशी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका ४० सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...