कोशी सरकार विरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै



हाम्रो इकोनोमि

 

 

कोशी प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै परेको रिटमाथि आज आइतबार सुनुवाइ हुँदैछ । कोशी प्रदेश सभामा नेकपा (एमाले)का संसदीय दलका नेता हिक्मत कार्कीले प्रदेश सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दिएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले सभामुख सहितको हस्ताक्षरमा बिहीबार मुख्यमन्त्रीका लागि दाबी गरेका थिए । त्यस आधारमा प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार नै मुख्यमन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन् ।

सभामुखलाई समेत जोडेर सरकार गठन गरिनु असंवैधानिक भन्दै नेता कार्कीले सर्वोच्चमा रिट हालेका हुन् । रिटमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम गठन भएको कोशी प्रदेश सरकार असंवैधानिक भएकाले बदर गर्न माग गरिएको छ । यससँगै संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनका लागि परमादेश माग गरिएको छ । यो उपधारामा अल्पमतको सरकार गठनको व्यवस्था छ । दुई वा दुईभन्दा बढी दलको सरकार गठन हुन नसकेमा यो उपधारा अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दलको सरकार गठन हुने व्यवस्था छ । कोशी प्रदेश सभामा एमाले सबैभन्दा ठूलो दल हो । एमालेका ४० सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का सभामुख सहित १३, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...

मीटरब्याज पीडितहरू र गृहमन्त्रीको वार्ता निष्कर्षविहीन

     मिटरब्याज पीडितहरूको काठमाडौं केन्द्रित पैदल न्याय मार्च तीन दिनदेखि बाराको निजगढमै...

गोलभेँडा फालेर माइतीघर मण्डलामा किसानको प्रदर्शन

  तरकारी किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन...