प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभामा एमालेको अवरोध



 

 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितमले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिप्रति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेको छ ।

एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताइन् । उनले प्रधानमन्त्री सदनले बनाउँछ कि भारतले बनाउँछ? भन्दै प्रश्न गरिन् । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीन दिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरे । उनले उठेको प्रश्न जवाफ दिन प्रधानमन्त्रीलाई सदनमा बोल्ने वातावरण बनाउन आग्रह गरे । एमालेले अडान नछाडेपछि बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । अर्को बैठक आइतबार बिहान ११ः३१ बजे बस्ने अध्यक्ष तिमल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा