नेपालको प्रधानमन्त्री बनाउन जनता तिर जाने कि दिल्ली तिर जाने : रघुजी पन्त



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा आपत्ति जनाएको छ ।बैठक सुरू हुना साथ नेकपा एमालेका सांसद रघुजी पन्तले बोल्दै प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालीको स्वाभिमानमा ठेस लागेको बताएका हुन् । उनले नेपालको प्रधानमन्त्री बनाउन नेपाली जनता तिर जाने कि दिल्ली तिर जाने ? भन्दै प्रश्न गरे ।

आज नेपालीहरूको मनमा बादल लागेको छ । स्वाभिमानमा ढेस लागेको छ । अरूबाट होइन सम्माननिय प्रधानमन्त्रीबाट नै । सम्माननिय पनि भनौँ कि नभनौँ लाग्छ । उहाँले किताव विमोचन गर्दा दिनुभएको अभिव्यकितले हाम्रो मनमा बादल लागेको छ । नेपालीको स्वाभिमानमा ढेड लागेको छ । नेपालीको मन रोएको छ । प्रधानमन्त्री बनाउन नेपाली जनता तिर जाने कि दिल्लीतिर जाने हो ? । प्रधानमन्त्री प्रचण्डले नैतिकताको आधारमा पदबाट राजीनामा दिनुपर्ने उनले माग गरे । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नसक्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...