काठमाडौंको सीडीओमा जितेन्द्र बस्नेत



हाम्रो इकोनोमि

 

 

काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सहसचिव जितेन्द्र बस्नेतलाई दिइएको छ । गृह मन्त्रालयका सहसचिव एवम सुरक्षा तथा समन्वय महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिरहेका उनलाई उपप्रधान एवम गृहमन्त्री नाराणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै बुधबार काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका हुन् ।

बस्नेतले गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय मंगलबार सहसचिवबाट सविचमा बढुवा भएपछि प्रमुख जिल्ला अधिकारीको पद रिक्त भएको थियो । बस्नेत गृह मन्त्रालय आउनु अघि सुदूरपश्चिम प्रदेशको आर्थिम मामिला मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । त्यसअघि उनले राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागको महानिर्देशकसँगै गोरखा, चितवन र पर्साको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...