प्रधानमन्त्री प्रचण्डले थाले चीन भ्रमणको तयारी



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको तयारी थालेका छन्। प्रधानमन्त्री भएको ६ महिनापछि भारत भ्रमणबाट फर्केका प्रचण्डले चीन भ्रमणको तयारी थालेका हुन् । प्रधानमन्त्रीको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने तयारी भइरहेको परराष्ट्र मन्त्री एनपी साउदले बताए । नेपाल प्रेस युनियन कैलालीको छैटौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । भारत र चीन नेपालका छिमेकी मुलुक हुन् । भारतसँग दुई तिहाइ व्यापार चलिरहेको छ । सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ । उनले प्रधानमन्त्रीको आगामी सेप्टम्बरमा हुने चीन भ्रमण महत्त्वपूर्ण र सार्थक हुने दाबी गरे । नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको बताउँदै राष्ट्रको हितलाई केन्द्रमा राखेर सैन्य गठबन्धनमा तटस्थ बसेको उनको भनाइ छ।

हालै मात्रै पाँच दिने चीन भ्रमणबाट फर्किएका नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि प्रधानमन्त्रीको भ्रमणको वातावरण बनाएको बताइन्छन् । प्रधानमन्त्री भारत भ्रमणअघि पनि पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाको टोली चीन गएको थियो । उनले फर्केपछि प्रधानमन्त्रीको चीन भ्रमण चाँडै हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...