चुच्चे नक्साको मुद्दा उठाउँदा एमालेलाई घेराबन्दी गरियो : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिले एमाले चौतर्फी घेराबन्दीमा रहेको बताएका छन् । एमाले नेतृत्वको सरकारको पालामा चुच्चे नक्साको मुद्दा उठाए वापत् अहिले एमाले घेराबन्दीमा परेको पोखरेल बताए । धादिङ जिल्लाको प्रथम जिल्ला परिषद्को उद्घाटन गर्दै पोखरेलले एमालेलाई अहिले चारैतिरबाट घेराबन्दी गरिएको बताए । उनले अहिले एमालेलाई घेराबन्दी गरेपनि २०८४ को निर्वाचनपछि भने एमाले पहिलो शक्ति बन्ने उनको दाबी छ । एमाले देशको पहिलो शक्ति बन्दा मात्र देशको रक्षा हुने उनले बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रधानमन्त्रीको फोटो टाँसेर सय दिनको कामहरू भन्ने उल्लेख गरिएको पुस्तिकामा चुच्चे नक्शा गायब बनाइएको बताए ।

उनले वर्तमान सरकारले ठूलाठूला देशभक्ति र स्वाभिमानको कुरा मात्रै गरेको तर चुच्चे नक्साको बारेमा कुनै वाक्य बोल्न नसकेको बताए । नेपालको संसदले सर्वसम्मत रुपले पारित भएको नेपालको चुच्चे नक्सालाई बुच्चे बनाइएको भन्दै उनले सरकारको निरन्तर आलोचना गर्दै आएका छन् । ‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो । अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो ।’ पोखरेलले भने। एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस
बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...