एमाले अध्यक्ष ओलीले चितवनमा गरे खेत रोपाँई



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओली बिहान खेत रोपेका छन् । चितवनस्थित केरुङ्गा सामूहिक कृषि फार्मको आयोजित कार्यक्रममा ओलीले धान रोपेका हुन् , ओली बिहान गेस्टहाउस चौरदेखि चौबीसकोठीको र्‍यालीमा सहभागी भएका थिए। र्‍यालीमा पत्नी राधिका शाक्य पनि सहभागी थिइन् । उनले नेपाल कृषि प्रधान देश भएकै कारण भारतको नाकाबन्दीमा झुक्नु नपरेको बताएका थिए।

कार्यक्रममा ओलीसहित चितवनको नेता कार्यकर्ताहरु सहभागी थिए। मानो रोपेर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेलाई रोपाइँ जात्रा, हिलो खेल्ने, दही चिउरा खानेजस्ता नामले पनि मनाउने चलन छ  । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन रहेको छ ।असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । कृषिसहित सबै पेसा–व्यवसायमा लागेका नेपालीले आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

 

   

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...