पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध



हाम्रो इकोनोमि

 

 

हिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो ।

पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए ।  त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए ।  ठूलो पहिरो खसेको होइन । एकचोटी पहिरो खस्छ, त्यसको ५-७ मिनेट रोकिन्‍छ । फेरि झर्छ,’ उनले भने, ‘हिजो साँझ देखि यही प्रक्रिया चलिरहेको छ ।’ यसरी समयसमयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको पनि उनले बताए । तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको हो ।  पहिरो पन्छयाएर आधा-एक घण्टामा एक तर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...