पहिरोले मुग्लिन-नारायणगढ सडक अवरूद्ध



हाम्रो इकोनोमि

 

 

हिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ । बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो ।

पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सई चुडामणि पोखरेलले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए ।  त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए ।  ठूलो पहिरो खसेको होइन । एकचोटी पहिरो खस्छ, त्यसको ५-७ मिनेट रोकिन्‍छ । फेरि झर्छ,’ उनले भने, ‘हिजो साँझ देखि यही प्रक्रिया चलिरहेको छ ।’ यसरी समयसमयमा पहिरो खसेपछि सडक पूर्णरूपमा सञ्चालन हुन सकेको छैन । बिहान डोजरले पहिरो पन्छ्याएर दुईतर्फी नै सञ्चालन गरेको पनि उनले बताए । तर फेरि पहिरो खसेर सडक अवरूद्ध भएको हो ।  पहिरो पन्छयाएर आधा-एक घण्टामा एक तर्फी सञ्चालन गर्ने तयारी रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...