जलहरीमा कसैको नाम कुँदिएको छैन : पशुपति विकास कोष



हाम्रो इकोनोमि

 

 

पशुपतिनाथ मन्दिरमा प्रतिस्थापित सुनको जलहरीलाई लिएर विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसको नापजोख गर्ने काम सम्पन्न गरेको छ । अख्तियारबाट गएको टोलीले जलहरीमा सुनको परिमाण ठीक छ वा छैन भनेर जोखेर हेरेको थियो । जलहरीको नापतौल भइरहँदा अर्को नयाँ विषय चर्चामा आयो । जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम कुँदिएको समाचार केही सञ्चारमाध्यममा आएपछि सामाजिक सञ्जालमा निकै आलोचना भइरहेको छ । कुँदिएका नामहरु मेटाएरमात्रै पुनःस्थापना गर्नुपर्ने माग धेरैले गरेका छन् । यस विषयमा हामीले पशुपति विकास कोष र अख्तियारसँग बुझ्न खोज्यौं । दुवै निकायले जलहरीमा तत्कालीन पदाधिकारीहरुको नाम कुँदिएको अस्वीकार गरेका छन् । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आइरहेका कुराहरु सत्य नभएको बताए ।

उनले भने, ‘जलहरीमा कसैको पनि नाम कुँदिएको छैन । नकुदिएकाले मेटाउने भन्ने प्रश्न नै आउँदैन ।’ उनले भित्तामा राखिएको उद्घाटन प्लेटमा परम्परागत प्रचलनअनुसार तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीलगायतको नाम उल्लेख रहेको स्पष्ट पारे । अख्तियार स्रोतले पनि जलहरीमा कसैको नाम नभएको बतायो । यसबारे सबै प्रक्रिया सकिएपछि औपचारिक वक्तव्यमार्फत जानकारी गराउने स्रोतको भनाइ छ । ‘जलहरी प्रतिस्थापन गर्ने क्रममा भित्तामा टाँसिएको प्लेटमा लेखिएको नामलाई लिएर नै गलत प्रचार गरिएको हुन सक्छ’, स्रोतले भन्यो । २०७७ साल फागुन १२ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा पशुपति मन्दिरमा सुनको जलहरी राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...