रासायनिक मलको अभाव हटायौं : प्रधानमन्त्री प्रचण्ड



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार सम्हालेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरेका छन् ।बुधबार संसदमा बजेटमा उठेको प्रश्नको जवाफ दिंदै उनले यस्तो दाबी गरेका हुन् । यो आर्थिक वर्षमा ७८. ५ मेट्रिकटनको आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिकटन मल आयात भएर पनि एक लाख ४५ हजार ९ सय मेट्रिकटन मल वितरण भइसकेको दाबी गरेका हुन् ।

मलको हाहाकार हुने कुरा सञ्चार माध्यमका हेडलाइन बन्थे । तर, त्यसलाई बदलेर मल अभाव नहुने अवस्था बनाएका छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो पूर्ण होइन तर अभावको चरम अवस्था हटायौं । आगामी आर्थिक वर्षका लागि मल अभाव हुन नदिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको पनि प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । देशमै रासायनिक मल उद्योग खोल्नका लागि लगानी बोर्डले अध्यायन गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले भारतसँग आपसी सहकार्यमा मल कारखाना खोल्न छलफल भइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...