नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई मन्त्री किराँतीको ९ बुँदे स्पष्टीकरण



हाम्रो इकोनोमि

 

 

पर्यटनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ७ दिनको अल्टिमेटम दिएर ९ बुँदे स्पष्टीकरण सोधेका छन् । अधिकारीमाथि उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपू गरेको, गौतमबुद्ध विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्न नसकी कार्यक्षमता कमजोर देखिएको, २०७९/८० को संघीय संसदले पास गरेको बजेट तथा कार्यक्रमको बुँदा नं. १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने भनी उल्लेख भएकोमा प्रक्रिया अघि बढिरहेको अवस्थामा त्यस नीतिविपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिने, सञ्चारमाध्यमहरूमा अन्तर्वार्ता तथा अभिव्यक्त दिनेजस्ता कार्य गरेकोजस्ता आरोप लगाइएको छ ।

अधिकारी महानिर्देशक भएपछि २ वटा यात्रु विमान र ३ वटा हेलिकप्टर दुर्घटना भइ धनजनको क्षति भई गम्भीर प्रश्न उठिरहँदा उड्डयन सुरक्षामा प्रभावकारी कार्ययोजना ल्याउन नसकेको पनि अधिकारीमाथि आरोप छ । यसैबीच प्राधिकरणका महानिर्देशक अधिकारीले स्पष्टीकरणको जवाफ नदिने बताएका छन् । उनले नेपाल प्रेससँग भने, ‘गोप्य रहनुपर्ने स्पष्टीकरण नै छातछुल्ल पारियो । स्पष्टीकरणजस्तो कुरा पनि बाहिर सार्वजनिक भएको छ । म बुझाउँदिन ।’

  

प्रतिक्रिया दिनुहोस
वीरगञ्ज नाकाबाट ३ खर्ब १२ अर्ब ४० करोडको वस्तु आयात

     नेपालमा अहिले वैदेशिक व्यापार २८ भन्सार विन्दुबाट भइरहेको छ । जसमा...

सरुवामा सेटिङ गर्दै भन्सार बिभागका महानिर्देशक यमलाल भूसाल

  भोटेकोशी बाढीपछि रसुवा नाका बन्द रहेको र तातोपानी नाका संचालनमा आउन नसकेको...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा २५ सय प्रतिशतले बढ्यो

    नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले चालु आर्थिक वर्ष २०८३/८४ को...

डिबान अध्यक्षमा दिनेश थकाली निर्विरोध

    विकास बैंकहरूको साझा संस्था डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान) को अध्यक्षमा...