भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ



हाम्रो इकोनोमि

 

 

भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले मंगलबार निवासबाटै पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नुको कारणबारे प्रहरीले खुलाइसकेको छैन । यद्यपि ठगी आरोपमा हुन सक्ने स्रोतको भनाइ छ । संकटग्रस्त सहकारीमा समेत गुरुङको संलग्नता देखिएको बताइएको छ ।

गुरुङलाई ललिता निवासको जग्गा हिनामिना प्रकरणको पनि अभियोग थियो । मालपोत कार्यालयका केही कर्मचारीसँगको मिलेमतोमा जग्गा खरिद गरेको आरोप लागेका उनी २०७७ सालमा विशेष अदालतले  २ करोड धरौटी मागेपछि सो बराबरको बैंक ग्यारेण्टी बुझाएर उनी छुटेका थिए ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...