पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा



हाम्रो इकोनोमि

 

 

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्व विशेष अदालतमा मुद्दा दायर गरेको हो । कोषको सदस्य सचिव रहँदा ढकालले एक करोड ४४ लाख ११ हजार ७८१ गैरकानूनी रूपमा कमाएको देखिएको अख्तियारले दाबी गरेको छ । ढकाल सार्वजनिक सेवा प्रवेश गरेको २०७४ साउन ३२ देखि सम्पत्ति विवरण पेश गरेको २०७९ जेठ ३० सम्मको अवधिको आम्दानी खर्च जाँच गर्दा आयतर्फ ६ करोड ३९ लाख ९३ हजार ३ सय १२ रूपैयाँ ४१ पैसा देखिएको र खर्च ७ करोड ८४ लाख ५ हजार ९४ रूपैयाँ १२ पैसा देखिएकोले एक करोड ४४ लाख ११ हजार ७८१ रूपैयाँको वैधानिक स्रोत नदेखिएको अख्तियारको ठहर छ ।

ढकालले पदको दुरुपयोग गरी गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति एक करोड चवालीस लाख एघार हजार सात सय एकासी रूपैंया एकहत्तर पैसा विगो कायम गरी प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद तथा जरिवानाको सजाय गर्न अख्तियारले माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...