ठूलो भइसकेपछि पाक्ला भनेको फल प्वाक्लाक्क झर्‍यो : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाह्य शक्तिको रिमोटबाट माधव नेपालले पार्टी विभाजन गरेको आरोप लगाएका छन् । केशवप्रसाद बडालद्वारा लिखित सिंहावलोकन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पार्टी विभाजन गर्दा कति आन्तरिक र बाह्य कारण थियो, त्यो विश्लेषण गर्नुपर्ने बताए । उनले माधवलाई कटाक्ष गर्दै भने, आन्दोलनको क्रममा केही पात झर्दै जान्छन् । केही विरुवा बिग्रिन्छ । केही कोपिला र चिचिला पनि झर्छ । केही ठूला पनि झर्छन् । ठूला भइसकेपछि अब त पाक्ला पाक्ला भनेको बेलामा प्वाक्लाक्क झरिदिन्छ । आन्दोलनभित्र विभिन्न वैचारिक रोगहरु हुन्छन् । प्रवृत्तिगत रोगहरु हुन्छन् त्यसले लाग्छ । त्यही रोगले कहिलेकहिले केही मान्छेहरुलाई लान्छ । तर, आन्दोलन मर्दैन । कम्युनिष्ट भनेर जे बुझिन्थ्यो आजको अवस्थामा त्यो नभएको उनले बताए । ओलीले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले कम्युनिष्ट नीति पनि छोड्यो भन्छन् । अनि फेरि त्यसलाई किन डेमोक्रेटिक भनेर किन नमान्या त रु कम्युनिष्ट नीति छाडेपछि डेमोक्रेटिक हुन्छ, नहुने के भएको त्यो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...