अवको अभियान मिसन १ सय ५० : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले पार्टीको अवको अभियान मिसन १ सय ५० रहेको वताउनु भएको छ ।  सर्लाहीको लालवन्दीमा मधेश प्रदेश स्तरीय प्रचार भेलालाई सम्वोधन गर्दै भट्टराईले यस्तो अभियानको चर्चा गर्नु भएको हो । उहाले २०८४ सालको निर्वाचनमा प्रतिनिधि सभामा एक सय ५० सीटको वहुमत ल्याएर सरकार वनाउने नेकपा एमालेको अभियान भएको प्रष्ट पार्नु भयो । पार्टीको मधेश प्रदेश इन्चार्ज समेत रहनु भएका भट्टराईले एमाले वाहेकका गठवन्धनहरुले देशलाई वर्वाद गर्ने भन्दा अरु काम गर्न नजानेको आरोप लगाउनु भयो । मधेश प्रदेशका आठ जिल्लाका १ सय भन्दा वढि पार्टी निकट संचारकर्मी तथा पार्टीका प्रचार विभागका पदाधिकारीको भेला लालवन्दीमा सम्पन्न भएको मधेश प्रदेश प्रचार विभागका सचिव चूडामणि वाग्लेले जानकारी दिनुभयो ।

भेलालाई पार्टीका स्थायी कमिटी सदस्य तथा प्रचार एवं प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, सचिव गगन विष्ट, पार्टी मधेश प्रदेश अध्यक्ष रामऔतार यादव, प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश वस्नेत लगायतले सम्वोधन गर्नु भएको थियो । प्रदेश प्रचार विभाग प्रमुख सोम प्रसाद शर्माको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीका मधेश प्रदेशका जिल्लाका अध्यक्षहरुले स्थानीय वस्तुस्थितीवारे जानकारी गराएका थिए । एमालेको मधेश प्रदेश प्रचार विभाग हेर्ने विशेष जिम्मेवारी पाउनु भएका पार्टी केन्द्रीय सदस्य अरविन्द सिंहले मधेश प्रदेशमा पार्टीले चाडै योजनावद्ध रुपमा प्रचार कार्यलाई अगाडी वढाउने जानकारी दिनुभयो । मधेश प्रदेशमा इन्चार्ज भएर आउनु भएका पार्टी केन्द्रीय सचिव भट्टराई केही दिनदेखि मधेश प्रदेशका पार्टी कार्यक्रममा व्यस्त रहनु भएको छ । भोली हरिवनमा सर्लाहीका पार्टीका मुख्य जिम्मेवार नेताहरु विच भावि योजना निर्माणको विषयमा वैठक हुने भएको प्रचार विभाग सचिव वाग्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...