राष्ट्रियताको सवालमा अदालतलाई मान्दिनँ : बालेन शाह



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले देशको सार्वभौमिकता र स्वाधीनताको विषयमा कुनै पनि अदालत र कानूनको कुरा नमान्ने बताएका छन् । काठमाडौंका हलमा भारतीय फिल्मको प्रदर्शन नरोक्न उच्च अदालतले आदेश दिएलगतै उनले यस्तो बताएका हुन् । उनले देशको सार्वभौमिकता र स्वाधीनताको सवाल आउँदा कुनै कानून र अदालत नमान्ने बताए । मेयर साहले आफूलाई भारतीय चलचित्रकाे  प्रदर्शन राेक्दा स्टन्ट गरेकाे भनेर  सरकारले आराेप लगाएकाे बताए । अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको स्वीकार्नु रहेकाे बालेनकाे आराेप छ ।

‘हिन्दी चलचित्र ‘आदिपुरुष’ का लेखकले नेपाल भारतको अधिनमा थियो भन्नेबाटै  उनीहरुको नियत थाहा हुन्छ ।’ उनले भनेका छन्, ‘यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारत को अधिनमा थियो भनी सकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो , अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’

उनले आफू जस्तोसुकै सजाय भोग्न तयार रहेको तर महानगरमा कुनै पनि हिन्दी फिल्म चलाउन नदिने स्पष्ट पारेका छन् । भारतीय चलचित्र आदिपुरुषमा रहेको जानकी भारतीय छोरी हुन् भन्ने आशयको संवाद नहटाएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गत सोमबारदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । साेही बिराेधमा हल सञ्चालकहरु  हिजाे उच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...

भोटेकोशीको बाढीमा अहिलेसम्म ९०३ जनाको शव भेटियो, ४२२७ सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ...

भोटेकोशी बाढीमा एक हजार पाँचसयभन्दा बढी बेपत्ता

  भोटेकोशी बाढीमा परेर हराएको जनाउँदै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको...