विकास त्यस्तै हो, मोर्चा रेशम फिरिरी : गोकुल बास्कोटा



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले विकास निर्माणमा ध्यान नदिएर मोर्चा बनाउन ध्यान दिएको भन्दै कटाक्ष गरेका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै बास्कोटाले विकास निर्माणमा सरकारले ध्यान नदिएको भन्दै आपत्ति जनाएका हुन् । उनले बजेटको न्यायिक वितरण हुनसमेत नसकेको बताए ।

विकास त्यस्तै हो मोर्च रेशम फिरिरि त्यही गर्ने ? कि बजेट बनाउने ? कुरा त्यही हो । काठमाडौंका प्रस्तावित चार शहर के भए ? बागमती सभ्यताको कुरा कहाँ पुग्यो ? खेलकुदको कुरा पनि लगानी राज्यले पनौतीमा पनि गरेको छ खेलकुदको निम्ती । तर नौ दश करोड पैसा फसेको छ । अहिले शून्य बजेट । के तमासा यो ? देउराली भाकेर दुई जना मन्त्री ज्यूहरूलाई नेतृत्वलाई म देउराली भाक्नु पर्‍यो मन्त्री गुहारेर सकिएन हजुर । चिकर्टोले रूहायो,’ उनले भने ।

आफ्नो गृहजिल्ला काभ्रेको पनौती नगरपालिकामा हुँदै नभएको वडाका नाममा बजेट परेको उदाहरण पेश गर्दै उनले भने, ‘म तपाईलाई सोध्छु, पनौती नगरपालिकामा १२ वटा वडा छन् । १३ नम्बर वडा कहाँ पर्छ ? १४ नम्बर वडा कहाँ पर्छ ? १५ नम्बर वडा कहाँ पर्छ ?’

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...