गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री गम्भीर घाइते



हाम्रो इकोनोमि

 

 

बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रीमती र भाउजूको मृत्यु भएको बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

अहिले मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरले उद्धार गरिएको वडाध्यक्ष भण्डारीले बताए । पाँचजनालाई लिन आएको हेलिकप्टरले मन्त्रीज्यू, उहाँको पीएसो र चालकलाई मात्रै लिएर गयो  वडाध्यक्ष भण्डारीले भने ‘उहाँको श्रीमती र भाउजूको शव यही रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा राखिएको छ ।बझाङी सहायक सीडीओ सत्यकुमारी जोशीले पनि दुईजनाको मृत्यु भएको र मन्त्रीसहित तीन जनालाई हेलिकप्टरबाट उपचारका लागि लगिएको पुष्टि गरिन् । मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर छ । चालकको अवस्था भने मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...