गाडी दुर्घटनामा सुदूरपश्चिमका कानूनमन्त्रीकी श्रीमती र भाउजूको मृत्यु, मन्त्री गम्भीर घाइते



हाम्रो इकोनोमि

 

 

बझाङ दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती अमृता सिंह र भाउजू जयादेवीको मृत्यु भएको छ । डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । मन्त्रीसहित पाँच जना सवार रहेकोमा चारजना गम्भीर घाइते भएका थिए । घाइतेमध्ये श्रीमती र भाउजूको मृत्यु भएको बझाङ केदारस्युँ गाउँपालिकाका १ का वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिए ।

अहिले मन्त्री सिंह, उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकप्टरले उद्धार गरिएको वडाध्यक्ष भण्डारीले बताए । पाँचजनालाई लिन आएको हेलिकप्टरले मन्त्रीज्यू, उहाँको पीएसो र चालकलाई मात्रै लिएर गयो  वडाध्यक्ष भण्डारीले भने ‘उहाँको श्रीमती र भाउजूको शव यही रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा राखिएको छ ।बझाङी सहायक सीडीओ सत्यकुमारी जोशीले पनि दुईजनाको मृत्यु भएको र मन्त्रीसहित तीन जनालाई हेलिकप्टरबाट उपचारका लागि लगिएको पुष्टि गरिन् । मन्त्री सिंह र पीएसओ भण्डारीको अवस्था गम्भीर छ । चालकको अवस्था भने मध्यम रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...