समाजवादी मोर्चा कुनै दिन एमालेमै फर्किन्छ : लेखराज भट्ट



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव लेखराज भट्टले एमालेसँग एकीकरण गर्न समाजवादी मोर्चा बनेको दाबी गरेका छन् । कर्णाली इन्चार्जसमेत रहेका भट्टले सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा एमाले मूलधारको कम्युनिष्ट भएको जिकिर गरे ।‘समाजवादी मोर्चा कुनै दिन एमालेमा नै फर्किनेमा म विश्वस्त छु ।

कम्युनिष्टहरू एकीकृत हुन यो मोर्चा बनाइएको हो’, उनले भने । आफ्नो अस्तित्व कमजोर हुँदै गएकाले माओवादी, जसपा, नेकपा एस र विप्लवले समाजवादी मोर्चा बनाएको भट्टको टिप्पणी छ । फरक प्रसंगमा उनले बजेट वितरणमुखी भएको बताए । बजेट अर्थ नीतिलाई माथि उकास्ने खालको नभएको बताए,‘सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा छन् । सुधारका कार्यक्रम केही देखिएको छैन । वितरणमुखी र परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठीक छैन’, उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...