ललितपुरमा हिन्दी फिल्म रोकिँदैन : चिरिबाबु महर्जन



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरपालिकाले आजबाट कुनै पनि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ को विवादलाई लिएर महानगरपालिकाका मेयर बालेन्द्र शाहले यो कडा कदम चालेका हुन् । तर, बालेनको निर्णयले काठमाडौंबाहिर प्रभाव नपर्ने भएकाले देशका अन्य स्थानमा भने निर्वाध रुपमा भारतीय फिल्म चलिरहेका छन् । काठमाडौं उपत्यकाभित्रकै ललितपुर र भक्तपुरमा पनि भारतीय फिल्ममाथि रोक लगाइएको छैन । ललितपुरका मेयर चिरिबाबु महर्जन आफ्नो महानगरमा हिन्दी फिल्ममाथि प्रतिबन्ध नलगाइने बताउँछन् । महर्जनले काठमाडौंका मेयरले जे गरे, सबैले त्यसलाई नै पछ्याउनुपर्छ भन्ने आवश्यकता नरहेको बताए । आदिपुरुषले त्रुटि गर्‍यो भन्दैमा सबै हिन्दी फिल्म रोक्नु गलत भएको पनि उनको टिप्पणी छ ।

महर्जन भन्छन्, ‘हामीले भारतीय फिल्मलाई रोक लगाउने विषयमा कुनै छलफल गरेका छैनौँ । सबै हिन्दी फिल्मलाई रोक लगाउनुपर्ने आवश्यकता पनि छैन ।’ ‘आदिपुरुष’ मा जानकीलाई भारतकी छोरी भनिएको संवाद सच्याइयो भने त्यो पर्याप्त हुने उनले बताए । त्यो मुभी चाहिँ बन्द होस । तर, अरू मुभी किन बन्द गर्नु ? उनले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...