भोलि समाजवादी मोर्चा घोषणा गर्ने सहमति



हाम्रो इकोनोमि

 

 

समाजवादी मोर्चा भोलि घोषणा गर्ने नेताहरूबीच सहमति भएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच आइतबार बालुवाटारमा भएको छलफलले भोलि मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । राष्ट्रियसभा गृहमा कार्यक्रम गरेर भोलि मोर्चा घोषणा गर्ने सहमतिका साथ नेताहरू उठेका छन् ।

उनले भने, ‘मोर्चामा सुरूदेखि नै चार दलबीच गर्ने सहमति भएको हो । बाबुराम भट्टराई नेतृत्वको नेसपाबारे चाहिँ मलाई थाहा छैन ।’ यो मोर्चाको नेतृत्व सबै दलका नेताहरूले आलोपालो गर्ने सहमति भइसकेको छ । यो मोर्चा घोषणा भएपछि प्रधानमन्त्री प्रचण्डले तत्काल ५४ सीटको नेतृत्व गर्नेछन् । प्रतिनिधिसभामा माओवादीको ३२, जसपाको १२ र नेकपा एसको १० सीट रहेको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...