नागरिक उड्डयन प्राधिकरणले सोध्यो बालेनलाई स्पष्टीकरण



हाम्रो इकोनोमि

 

 

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरण सोधेको छ । उड्डयन प्राधिकरणले विमानस्थलको निषेधित क्षेत्रभित्र निर्माणाधीन भवनको निर्माण रोक्न निर्देशन दिएकोबारे स्पष्टीकरण माग गरेको हो । प्राधिकरणले काठमाडौं–९ मा रहेको आफ्नो जग्गामा बनाइरहेको कम्प्लेक्सको नक्सा पास नभएको भन्दै बिहीबार काठमाडौं महानगरको नगर प्रहरीको टोलीले निर्माण रोकेको थियो । महानगरको टोललीले प्राधिरकणले भवन बानाइरहेको क्षेत्रमा लगाएको तारबार हटाएको थियो ।

प्राधिकरणले निर्माण रोक्नुअघि महानगरले कुनै जानकारी समेत नदिएको र कर्मचारीले काम नरोक्न आग्रह गर्दा लिखित पत्र र आधिारिक जानकारी माग गर्दा नगर प्रभमुखको आदेश बमोजिमको काम भएर त्यहीँ गएर बुझ्न भनिएको स्पष्टीकरण पत्रमा उल्लेख छ । तार काटेर फेन्सिङ लैजाने कार्यमा मेयर बालेन पनि प्रत्यक्ष संलग्न रहेको भन्दै प्राधिकरणले नेपाल नागरिक उड्डयन प्राधिरकण ऐनको दफा २५ (१) बमोजिम सजायक किन नगर्ने हो ? भन्दै बालेनलाई स्पष्टीकरण सोधेको छ । यसअनुासर कारवाही भएमा मेयर बालेनलाई ५० हजारसम्म जरिवना पर्नसक्छ ।

उड्डयन प्राधिरकणका महानिर्देशक प्रदीप अधिकारीले गरेको निर्णयअनुसार स्पष्टीकरण पत्र प्राप्त भएको मितिले ७ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न बालेनलाई निर्देशन दिइएको छ । लिखित स्पष्टीकरण नदिए कानुन बमोजिम कारवाही गरिने पत्रमा उल्लेख छ । प्राधिकरणले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि स्पष्टीकरण सोधेको छ ।

 

हेर्नुहोस् स्पष्टीकरण पत्रहरूः

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...