वैवाहिक अंगीकृतको समस्या पहाडमा पनि छ : योगेश भट्टराई



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका नेता योगेश भट्टराईले वैवाहिक अंगिकृतको समस्या मधेशमा मात्र नभएर पहाडमा पनि रहेको बताएका छन् ।जनकपुरधाममा प्रेस चौतारीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता भट्टराईले नागरिकता समस्या समाधानमा एमाले बाधक नबनेको बताए । विदेशी महिलाले विवाह गरेर आउँदा नेपाली नागरिकता लिन केहि समय पर्खिनुपर्ने व्यवस्था मात्र गर्नुपर्ने उनले बताए । विदेशबाट विवाह गरेर आउनेलाई कुनै समस्या नहोस् भनेर परिचयपत्र दिनुपर्छ,’ उनले भने, ‘त्यो परिचयपत्रले बैंक खाता खोल्न, विदेश आवतजावत गर्न वा दैनिक जीवनमा समस्या हुनुहुदैन् ‌। तर नागरिकताका लागि केहि समय सिमा राख्ने व्यबस्था हुनुपर्छ ।

मधेशमा मात्र भारतबाट विवाह गरेर महिलाहरु आउने गरेको छैन्, पहाडमा पनि सिक्किम दार्जिलिङबाट महिला आउने गरेको भन्दै नेता भट्टराईले भने, ‘विवाह गरेर आउने विदेशी महिलालालाई नागरिकता दिन समय सीमा राख्नुपर्ने भनेपछि त्यसलाई गलत व्याख्या गर्ने गरिएको छ । मधेशमा विवाह गरेर आउने विदेशी महिलालालाई मात्र कन्ट्रोल गर्न नखोजेको नेता भट्टराईले प्रस्ट्याए । एमाले जहिल्यै नागरिकता समस्या समाधान गर्ने पक्षमा रहेको र रहने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस
अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...

पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु

    अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ ।...