बजारमा प्याजको कालोबजारी



हाम्रो इकोनोमि

 

 

महतले प्याजको आयात र आन्तरिक उत्पादनमा समेत १३ प्रतिशत भ्याटको व्यवस्था गरेसँगै केही व्यवसायी आक्रोशित छन् । सरकारको कर व्यवस्था अवैज्ञानिक भएको भन्दै यसलाई सच्याउन नेपाल आलु, प्याज संघ आन्दोलित नै भएको अवस्था छ ।  भ्याटको विरोधमा आन्दोलनमा उत्रिएपनि बजारमा आलु र प्याजको अभाव भने छैन । व्यापारीले नै अनधिकृत रूपमा भारतबाट लुकिछिपी प्याज ल्याउँदा बजारमा अभाव नभएको हो । चोरी पैठारीमार्फत् आयात भएको प्याजको मूल्यसमेत व्यापारीले मनोमानी ढंगले तय गर्दै आइरहेका छन् । बजारमा भन्सार पास भएर प्याज आयात नभएको हप्तौँ बित्दासमेत अभाव नभएको हो ।

व्यापारीले भारतबाट खुला सिमानाको दुरुपयोग गर्दै चोरी पैठारीमार्फत् प्याज ल्याउँदै मनोमानी मूल्यमा बेचिरहेका छन् । व्यापारीले आलु र प्याजको आयात रोकेर कालीमाटी फलफूल तथा तरकारी बजारलाई समेत दबाबमा पारेर प्याजको मूल्य सूची नै तय नगर्न बाध्य पारेका छन् । यही आन्दोलनको मौका छोपेर व्यापारीहरू कमाऊ धन्दामा लाग्दा उपभोक्ताले खुद्रा बजारमा प्याजको अचाक्ली मूल्य तिर्न बाध्य छन् । यति बेला भारतबाट लुकिछिपी ल्याएको प्याजको खुद्रा बजार भाउ फरक–फरक छ । पसलअनुसार प्याजको मूल्य प्रतिकिलो ८० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको वाणिज्य विभाग स्वयम् स्विकार्छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर बजारमा प्याज अभाव भइरहे पनि कालोबजारी भने फेला नपरेको बताउँछन् । आफ्नो ७ जनाको टोली दुई समूहमा विभाजन भएर दैनिक रूपमा बजार अनुगमनका क्रममा जाने गरेको ठाकुरको भनाई छ ।  ‘पछिल्लो ४/५ दिनदेखि बजार अनुगमनका क्रममा जाँदा जम्मा एक ठाउँ ३० बोरा प्याज भण्डारण गरेर राखेको पाइयो,’ ठाकुरले भने, ‘उक्त पसलेलाई ५ हजार रुपैयाँ जरिवाना गरेर छाडियो । अन्यत्र केही भेटिएको छैन ।’

विभागको टोलीले दैनिक बजार अनुगमन गर्दै कालिमाटीका ठुला थोक व्यापारीको गोदाममा समेत छापा मारेको थियो । तर, ती गोदाममा पनि जम्मा २ दाना प्याज मात्रै भेटिएको विभाग बताउँछ ।

प्रतिक्रिया दिनुहोस
आयल निगम कार्यकारी निर्देशक भट्टले दिए राजीनामा

    नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका...

प्रधानमन्त्रीको खोजी गर्दै संसद्‍मा नाराबाजी

    विपक्षी सांसदहरूले संसद्‍मा प्रधानमन्त्रीको खोजी गर्दै नाराबाजी गरेका छन् । प्रधानमन्त्री...

भाग्दै गर्दा सिन्धुलीबाट पक्राउ परेका थिए ज्योति पाण्डे

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले ठगी तथा आपराधिक विश्वासघातको...

हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा

    प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरुले हंगामा सिर्जना गरेका छन् । प्रधानमन्त्री वालेन्द्र...