बजारमा प्याजको कालोबजारी



हाम्रो इकोनोमि

 

 

महतले प्याजको आयात र आन्तरिक उत्पादनमा समेत १३ प्रतिशत भ्याटको व्यवस्था गरेसँगै केही व्यवसायी आक्रोशित छन् । सरकारको कर व्यवस्था अवैज्ञानिक भएको भन्दै यसलाई सच्याउन नेपाल आलु, प्याज संघ आन्दोलित नै भएको अवस्था छ ।  भ्याटको विरोधमा आन्दोलनमा उत्रिएपनि बजारमा आलु र प्याजको अभाव भने छैन । व्यापारीले नै अनधिकृत रूपमा भारतबाट लुकिछिपी प्याज ल्याउँदा बजारमा अभाव नभएको हो । चोरी पैठारीमार्फत् आयात भएको प्याजको मूल्यसमेत व्यापारीले मनोमानी ढंगले तय गर्दै आइरहेका छन् । बजारमा भन्सार पास भएर प्याज आयात नभएको हप्तौँ बित्दासमेत अभाव नभएको हो ।

व्यापारीले भारतबाट खुला सिमानाको दुरुपयोग गर्दै चोरी पैठारीमार्फत् प्याज ल्याउँदै मनोमानी मूल्यमा बेचिरहेका छन् । व्यापारीले आलु र प्याजको आयात रोकेर कालीमाटी फलफूल तथा तरकारी बजारलाई समेत दबाबमा पारेर प्याजको मूल्य सूची नै तय नगर्न बाध्य पारेका छन् । यही आन्दोलनको मौका छोपेर व्यापारीहरू कमाऊ धन्दामा लाग्दा उपभोक्ताले खुद्रा बजारमा प्याजको अचाक्ली मूल्य तिर्न बाध्य छन् । यति बेला भारतबाट लुकिछिपी ल्याएको प्याजको खुद्रा बजार भाउ फरक–फरक छ । पसलअनुसार प्याजको मूल्य प्रतिकिलो ८० देखि १२० रुपैयाँसम्ममा बिक्री भइरहेको वाणिज्य विभाग स्वयम् स्विकार्छ ।

विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुर बजारमा प्याज अभाव भइरहे पनि कालोबजारी भने फेला नपरेको बताउँछन् । आफ्नो ७ जनाको टोली दुई समूहमा विभाजन भएर दैनिक रूपमा बजार अनुगमनका क्रममा जाने गरेको ठाकुरको भनाई छ ।  ‘पछिल्लो ४/५ दिनदेखि बजार अनुगमनका क्रममा जाँदा जम्मा एक ठाउँ ३० बोरा प्याज भण्डारण गरेर राखेको पाइयो,’ ठाकुरले भने, ‘उक्त पसलेलाई ५ हजार रुपैयाँ जरिवाना गरेर छाडियो । अन्यत्र केही भेटिएको छैन ।’

विभागको टोलीले दैनिक बजार अनुगमन गर्दै कालिमाटीका ठुला थोक व्यापारीको गोदाममा समेत छापा मारेको थियो । तर, ती गोदाममा पनि जम्मा २ दाना प्याज मात्रै भेटिएको विभाग बताउँछ ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...