वैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त



हाम्रो इकोनोमि

 

 

नेपाल सरकारको मुख्य सचिव पदमा डा. वैकुण्ठ अर्याल नियुक्त भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो । हालका सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेका अर्याल हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छन् । सचिवको रुपमा उनको पाँच वर्षे कार्यकाल आगामी असार तीन गते सकिंदै थियो ।

हालका मुख्य सचिव शंकरदास वैरागीलाई भने राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरिएको स्रोतले बतायो । वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ । २०६८ सालमा नेपाल प्रहरीका तत्कालीन आईजीपी रमेशचन्द ठकुरीविरुद्ध सुडान घोटालाको मुद्दा लाग्ने भएपछि उनलाई सरकारले उनलाई सुरक्षा सल्लाहकार बनाएर नयाँ आईजीपी नियुक्त गरेको थियो ।अहिले कार्यकाल सकिन लागेका अर्याललाई मुख्य सचिव बनाउन असोजमा कार्यकाल सकिने वैरागीलाई सुरक्षा सल्लाहकार बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...