बस्नेतविरुद्ध झुठा उजुरी, अदालतले दियो कडा आदेश



हाम्रो इकोनोमि

 

 

काठमाडौं जिल्ला अदालतले प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । आफूविरुद्ध तथ्यहीन आरोप र गलत उजुरी परेको भन्दै त्यसको आधारमा हुने कारवाही रोक्न माग गर्दै उनी निषेधाज्ञाको रिट निवेदन लिई अदालत पुगेका थिए । त्यसमा भएको सुनुवाईपछि अदालतले उनको पक्षमा आदेश जारी गरेको हो । सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको र जिल्ला अदालतमा समेत मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै बस्नेतलाई अनावश्यक दुस्ख हैरानी दिने कार्य नगर्न समेत अन्तरिम आदेश जारी भएको छ । यसले उनी विरुद्ध जानीजानी षडयन्त्र रचिएको र पदबाट हटाउने कोशिश भएको प्रष्ट हुन्छ ।

फेसबुक ह्याक भएको विषयमा विवाद भएपछि साइबर ब्यूरोमा केही दिन अघि उजुरी परेको थियो । फेसबुक ह्याक गरी मेसेन्जरबाट कल गर्ने, पैसा माग्नेगरी भएका कामलाई बढाइचढाई गरी उजुरी परेको र त्यसका आधारमा सञ्चार मन्त्रालयले समेत पत्र काटेपछि अदालतमा मुद्दा परेको थियो । प्रहरीले यसअघि नै उक्त उजुरीमा लिइएका दावीमा तथ्य, प्रमाण र आधार नदेखिएको जनाइसकेको थियो । त्यसलगत्तै उजुरीकर्ताले ब्यूरोबाट उक्त उजुरी फिर्ता लिएको बुझिएको छ । काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश दिपक खरेलको इजलासबाट त्यस्तो उजुरीका आधारमा गैरकानुनी कार्य अघि नबढाउन विपक्षीका नाममा आदेश जारी भएको हो ।

बस्नेतको तर्फबाट अधिवक्ताहरु अनन्तराज लुईंटेल, विकास भट्टराई, नरेन्द्र घिमिरे, हरि दाहाल, प्रतिभा उप्रेती र विशाल उपाध्याय लगायतले बहस गरेका थिए । ह्याक भएको विषयमा बस्नेतले प्रहरीको साइबर ब्यूरो र सार्वजनिक रुपमा समेत जानकारी गराएका थिए । बिना आधार र कारण व्यक्तिको चरित्रहत्या र मानमर्दन हुने गरी प्रचार प्रसार गर्ने, सामाजिक सञ्जालमा अपशब्द र गालीगलौज गर्नेविरुद्ध अध्यक्ष बस्नेत अदालत समेत पुगेका हुन । केहीले यो प्रकरणमा माओवादी नेतृत्वको सरकारले अध्यक्ष बस्नेतलाई हटाउने प्रपञ्च रचेको र स्वतन्त्र र स्वायत्त निकाय काउन्सिलमाथिको षडयन्त्र र हस्तक्षेपका रुपमा लिएका छन् । अधिवक्ता हरि दाहालले बनावटी मुद्दा बनाएर काउन्सिल पदाधिकारीमाथि यो तहको आक्षेप लगाउनु आपत्तिजनक हो भन्दै विरोध गरे । ‘राजनीतिक तहबाटै यस्तो हर्कत हुनु दूर्भाग्य हो’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...