विद्युतीय सवारीको करमा उल्टो निर्णय किन : विष्णु पौडेल



हाम्रो इकोनोमि

 

 

पूर्वअर्थमन्त्री विष्णु पौडेलले विद्युतीय सवारीको करमा उल्टो निर्णय लिएको बताएका छन् । उनले तुलनात्मक रुपमा कम किलोवाट क्षमतामा र सार्वजनिक विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाउने र महंगा विद्युतीय गाडीको भन्सार तथा अन्त शुल्क घटाउने निर्णयको औचित्य पुष्टि गर्न माग गरे । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै एमाले उपाध्यक्ष पौडेलले भने, ‘यो उल्टो निर्णयको औचित्य के हो ?

विद्युतीय सवारीको भन्सार तथा अन्तशुल्कलाई ‘र्‍यासनलाइजेसन’ गर्न गरिएको अर्थमन्त्रीको दाबीलाई तथ्यले गलत सावित गरेको उनले बताए । ‘र्‍यासनलाइजेसन गर्न यस्तो उल्टो निर्णय गरिन्छ ? पूर्वअर्थमन्त्री पौडेलले भने, ‘विद्युत खपत बढाउने, पेट्रोलियम पदार्थको आयातसँगै व्यापार घाटा कम गर्न र वातावरण संरक्षण गर्न प्रतिकूल हुने यस्तो निर्णय किन गर्नु परेको हो ? विद्युतीय सवारीको करको दर परिवर्तन हुनु र बजेटको ठीक अगाडि ११०० गाडी भित्रनुलाई संयोग मात्र भनेर चित्त बुझाउन नसकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...