प्रदेशदेखि वडासम्म अधिवेशन गर्ने एमालेको निर्णय



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले प्रदेशदेखि वडासम्म अधिवेशन गर्ने निर्णयसहित समयसीमा तोकेको छ । केन्द्रीय सचिवालयले बिशेष निर्णय गर्दै प्रदेश कमिटी, जिल्ला कमिटी, पालिका कमिटी र वडा कमिटीको अधिवेशनको मिति तोकेको हो । बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तरपार्टी निर्देशनको बुदा नम्बर २ को काम गर्नेलाई ‘प्रोत्साहन’ र गर्न नसक्नेलाई ‘सम्मानसहित बिदा’ योजनासहित अधिवेशनको समयसीमा तोकिएको हो । सो बुँदा अन्तर्गत एमालेले प्रदेश अधिवेशनलाई पहिलो प्राथमिकतामा राखेको छ । एमालेले भदौं महिनाभित्र प्रवेश अधिवेशन गरिसक्ने समयसीमा तोकेको छ । प्रदेश कमिटीमा पदाधिकारीदेखि सदस्यसम्म सवै प्रतिनिधि चुनिएका आउनु पर्ने ब्यवस्था गरिएको छ ।

अपानिमा भनिएको छ, ‘ प्रणालीअनुरुप कमिटी सञ्चालन गर्न र विद्यमान भद्दा कमिटीमा गुणात्मक सुधार गर्न अधिवेशनहरु आयोजना गर्ने । प्रदेश अधिवेशनको व्यवस्थापनको जिम्मेवारी पदाधिकारीहरु र जिल्ला अध्यक्षलाई प्रदान गर्ने । संगठन कमिटी भएकाले प्रदेश कमिटीका सदस्यहरु समेत प्रतिनिधिमा चुनिएर आउने व्यवस्था गर्ने । सदस्यता प्रमाणीकरणको काम सम्पन्न भएसँगै अधिवेशनको तयारी सुरु गर्ने । सबै प्रदेश अधिवेशन आगामी भदौ महिनाभित्र आयोजना गर्ने ।’

अपानिका अनुसार प्रदेशपछि प्रदेश अधिवेशनपछि जिल्ला, पालिका, वडा तथा टोल अधिवेशनको आयोजना गर्ने भनिएको छ । प्रदेश अधिवेशनपछि जिल्ला, पालिका, वडा तथा टोल अधिवेशनको आयोजना गर्ने ।’ असोजदेखि चैत महिनासम्ममा जिल्ला, पालिका, वडा र टोलटोलका अधिवेशन सम्पन्न गर्ने समयसीमा तोकिएको छ । अवधि बाँकी रहेका र सक्रिय कमिटीहरुलाई पछाडि र निस्क्रिय वा अप्रभावकारी कमिटीका अधिवेशन पहिलो प्राथमिकतामा राख्न निर्देशन पनि दिइएको छ । अधिवेशन माथिल्लो कमिटीबाट क्रमशः तल्ला कमिटीको आयोजना गर्दा अघिल्लो कमिटीबाट कारणवश हटेका र कुनै पनि कमिटीमा संगठित नभएका सदस्यहरुलाई आवश्यकताअनुसार विभिन्न कमिटीमा व्यस्थापन गर्ने बिवध अपनाउने निर्देशन पनि दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...