भ्रष्टाचारको नांगो रूप देखिन थाल्यो : माधव नेपाल



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेजस्ता भ्रष्टाचारको नांगो रूप देखिन थालेको भन्दै यसविरूद्ध लाग्नुपर्ने बताएका छन् । पार्टी निकट समाजवादी प्रेस संगठनको अधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पैसा नदिई (घूस नखुवाइ) कामै नहुने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘भ्रष्टाचारी, शोषक, पुँजीवादी, दलाल हाबी हुने स्थिति बनेको छ । बिना पैसा काम नै हुँदैन । मिटरब्याजपीडितहरूको क्रन्दन छ, यी सबैविरूद्ध लाग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘भ्रष्टाचारकाविरूद्ध पत्रकारहरूको कलम अझै सशक्त हुनुपर्ने भएको छ । उनले प्रतिगामीहरू सलबलाउन थालेको भन्दै चनाखो बन्न आग्रह पनि गरे । संविधानको प्रावधानलाई परिपालना गर्दामात्रै प्रगतिवादी हुने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...