भारतले सांस्कृतिक नक्शा राख्न पाउने नेपालले किन नपाउने : रघुजी पन्त



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सांस्कृतिक र ऐतिहासिकको नाममा नेपालसहित अन्य देशको भू–भाग समेटेर ‘अखण्ड भारत’को नक्शा उसको संसदमा राख्न पाउने तर नेपालले ग्रेटर नेपालको नक्शा किन राख्न नपाउने भनेर प्रश्न गरेका छन् । आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले भारतले आफ्नो संसदबाट अखण्ड भारतको नक्शा नहटाएसम्म नेपालको संसदमा पनि सतलजस र राधी नदीको छेउसम्म पुगेको हाम्रो सीमाना, टिस्टा, कांगडा समेटिएको हाम्रो ग्रेटर नेपालको नक्शा पनि नेपालको संसदमा राख्नुपर्ने बताएका छन् ।

‘हामी नेपालीको चित्त बहुत दुख्छ । हाम्रो प्रधानमन्त्रीले यहाँ (संसदमा) आएर भन्नुभयो– मैले भारतको संसदमा राखिएको नक्शाको विषयमा कुरा उठाएँ । तर, हिजो भारतीय विदेशमन्त्री र विदेश मन्त्रालयका प्रवक्ताले पनि पत्रकार सम्मेलन गर्दै अखण्ड भारतको नक्शाका विषयमा बंगलादेश, पाकिस्तान र नेपालले कुरा उठाए । तर हाम्रो मित्र देश नेपालको चित्त बुझाइसक्यौँ, बंगलादेशले बुझ्दैन । के नेपालले चित्त बुझाएको हो ? यदि भारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिक नक्शा भनेर आफ्नो संसदमा राखिरहन पाउँछ भने हामीले सतलजसम्म पुगेको हाम्रो सीमाना, राधी नदीको छेउसम्म पुगेको हाम्रो सीमाना, टिस्टा, कांगडा समेटिएको हाम्रो नक्शा भारतले उसको नहटाएसम्म हाम्रो संसदमा पनि टाङ्दा के हुन्छ ?,’ पन्तले संसदमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...