सरकार छाड्नु परे परोस् बजेट पास हुन दिन्नौं : राजेन्द्र पाण्डे



हाम्रो इकोनोमि

 

 

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले सरकारले बजेटमा विभेद गरेको भन्दै आफ्नो पार्टीले यथास्थितिमा पास गर्न नदिने चेतावनी दिएका छन् । उनले त्यसका लागि सरकार छाड्नुपरे नेकपा एस तयार रहेको बताए । पार्टीनिकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै पाण्डेले भौतिक पूर्वाधारको ५ अर्ब बजेटको आधा रकम डडेलधुरा, गोरखा र नुवाकोट लगिएको भन्दै आक्रोश जनाए ।

उनले भने, ‘भौतिक पूर्वाधारमा ५ अर्ब बढी पैसा गयो रे । त्यसमा ११० करोड डडेलधुरामा ५५ करोड गोरखामा ७०-७५ करोड नुवाकोटमा । २३२ करोड चाहिँ तीन वटा जिल्लामा बाँकी २६८ करोड चाहिँ ७४ जिल्लामा यो टाइपले बजेट विनियोजन भयो । आजका दिनमा यस्तो अन्याय हुनुहुँदैन । हामी कडाइका साथ भनिरहेका छौं । यही अवस्थामा यथास्थितिमा यो बजेट पास हुँदैन । सरकार छाड्नुपरे परोस् अन्याय सहँदैनौं । लुरुलुरु बसिरहने हामी होइन ।’ पाण्डेले १६५ निर्वाचन क्षेत्र भएपनि २/३ ठाउँमात्र बजेट दिएर अन्यत्र विभेद गरिएको टिप्पणी गरे । आजको जनता हो ४८ सालका जनता होइनन् । त्यही कांग्रेस, त्यही माओवादीलाई भोट हाल्ने जनता एउटा क्षेत्रमा ११० करोड हाल्ने कांग्रेसले नै जितेको अर्को ठाउँमा शून्य’, पाण्डेको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...