पहिचानको नाममा अराजक मच्याउने छुट कसैलाई छैन : गृहमन्त्री श्रेष्ठ



हाम्रो इकोनोमि

 

 

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानवादीको आन्दोलनको नाममा केही अराजक र असंवैधानिक गतिविधिहरु भएको बताएका छन् । एमाले नेताहरुमाथि पहिचानवादीहरुले गरेको आक्रमणको बिषयमा प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै अराजक घटना निम्त्याउनेहरुलाई कारवाही दायरामा ल्याएको पनि बताए ।

उनले भने, ‘विविध पक्षको प्रकार संस्था र संगठन छन् । जसले पहिचानको पक्षधर भएको बताउँदै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । हामी संविधान लोकतान्त्र र शान्तिपूर्ण बाटोलाई सुनिश्चिता गर्न चाहन्छौं । संघीयता होस् वा कोशी प्रदेशको वैचारिक विरोध गर्नु वा फरक दृष्टिकारण राख्नु, अर्को नामको पक्षमा जनधर खडा गर्न पाउँछन् । अराजक गतिविधिलाई सरकार छुट नदिने भन्ने कुरा आन्दोलनकारिलाई सरकारले भनिसकेको बताए । उनले अहिले सबैको सुरक्षा र वार्ताबाट समस्याको समाधानको पहल भइरहेको बताए । प्रदेश सरकारले पनि वार्ताको लागि आह्वान भइसकेको सकारात्मक कुरा भएको बताए । एमाले अध्यक्षसहितका नेताहरुमाथि भएका दोषीहरुलाई कानुनी कारवाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...