मेयर बालेनले राखे ‘ग्रेटर नेपाल’ को नक्सा, भारतलाई टक्कर



हाम्रो इकोनोमि

 

 

भारतले नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेपछि अहिले नेपालमा चर्को विरोध भइरहेको छ । भारतले राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ । भारतले नेपालको भू-भागसमेत समेटरे नक्सा राखेपछि कि त भारतले माफी माग्दै नक्सा हटाउनुपर्ने कि नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतलाई टक्कर दिँदै ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । तीन दिनअघि बालेनको कार्यकक्षमा नक्सा राखिएको उनको सचिवालयले जानकारी दिएको छ । बालेन हाल श्रीमतीको उपचारका लागि भारतमा छन् । उनी भारतमै रहेकाबेला उनकै निर्देशनमा ‘ग्रेटर नेपाल ‘को नक्सा राखिएको हो । ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...