मेयर बालेनले राखे ‘ग्रेटर नेपाल’ को नक्सा, भारतलाई टक्कर



हाम्रो इकोनोमि

 

 

भारतले नयाँ संसद भवनमा ‘अखण्ड भारत’ को नक्सा राखेपछि अहिले नेपालमा चर्को विरोध भइरहेको छ । भारतले राखेको अखण्ड भारतको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु पनि समेटिएको छ । भारतले नेपालको भू-भागसमेत समेटरे नक्सा राखेपछि कि त भारतले माफी माग्दै नक्सा हटाउनुपर्ने कि नेपालले पनि ग्रेटर नेपालको नक्सा राख्नुपर्ने आवाज उठिरहेको छ ।

यसैबीच, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भारतलाई टक्कर दिँदै ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् । तीन दिनअघि बालेनको कार्यकक्षमा नक्सा राखिएको उनको सचिवालयले जानकारी दिएको छ । बालेन हाल श्रीमतीको उपचारका लागि भारतमा छन् । उनी भारतमै रहेकाबेला उनकै निर्देशनमा ‘ग्रेटर नेपाल ‘को नक्सा राखिएको हो । ग्रेटर नेपालको नक्सामा पूर्वमा टिस्टादेखि पश्चिममा सतलजसम्म समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...