पहिचानवादीका नाममा जातीय दंगा मच्चाउन खोजिएको छ : ओली



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा सत्ता संरक्षित केही गुण्डाहरूले आतंक मच्चाएको भन्दै एमालेले तयारीका साथ जवाफ दिने चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिहरुको हत्या प्रयास भएको भन्दै अब एमाले आफैंले तयारीका साथ दनक दिनुपर्ने भएको बताए ।

ओलीले भने, ‘पाँच-सात जना गुण्डाहरू छन्, मोटरसाइकल चढेर जता पनि जान्छन् र आक्रमण गर्छन् । उनीहरूलाई सत्ताको संरक्षण छ । आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे । उपसभामुख सिर्जना दनुवार र गाइघाटकी उपमेयरको हत्या प्रयास भएको छ । प्रचण्डपथका यी गुण्डाहरूलाई एमालेले तयारीका साथ दनक दिनुपर्ने भयो । आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले सक्षम छ । ओलीले पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्डपथको भएको भन्दै प्रचण्डले विषयको आगो फैलाउन नसकेपछि पहिचानवादीका नाममा गुण्डाहरू प्रयोग गरेको आरोप लगाए ।

‘यो विषको आगो फैलाउन खोजेको हो । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन र बिथोल्न खोजेको हो । नाम राखेर, फिर्ता लिनेदेखि पूर्नविचार गर्नुपर्छ भन्नेसम्ममा आइपुग्दा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ’, ओलीले भने, ‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता छ । पहिले प्रदेशको नाम राख्ने, अलिपछि गल्ती भयो भन्न र पुनिर्विचार गर्नुपर्छ भन्ने । चाइनिज नाटकका पात्रजस्ता छन् प्रचण्ड । यो प्रचण्डपथ भनेको नेपाललाई विनाश गर्ने बाटो हो । यी पहिचानवादी भन्नेहरू प्रचण्डपथका गुण्डा हुन् । किरात राज्य किन मागेका रहेछन् भन्ने देखियो नि । नाम राखेको भए गैरकिरातलाई खेद्ने लक्ष्य रहेछ भन्ने प्रष्ट भयो नि ।’ अध्यक्ष ओलीले यस्ता तत्वसँग कुनै पनि हालतमा सम्झौता नहुने बताए ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...