यातायात ब्यबसायी आन्दोलनको तयारीमा



हाम्रो इकोनोमि

 

 

असारको पहिलो साता देखी काठमाडौं उपत्यका अशान्त हुन सक्ने प्रबल संभावना देखिएको छ । २७ बैशाख २०८० का दिन काठमाडौं महानगर पालिकाले सार्वजनिक गरेको सुचना कार्यन्बयनमा जाने हो भने त्यसको प्रतिबाद हुदा उपत्यकाको जन जिवन कष्टकर हुनेछ । काठमाडौंमा आयोजित यातायात ब्यबसायी र मजदुरहरूको संयुक्त कार्यक्रममा बोल्ने बक्ताहरूले उक्त उदघोष गरेका हुन । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय यातायात ब्यबसायी महासंघका पुर्ब उपाध्यक्ष तथा अरनिको यातायातका अध्यक्ष केदार क्षेत्रीले श्रमिक ,ब्यबसायी र आमनागरिकलाई कठिन परिस्थितिमा धकेलेर बार्षिक न्यूनतम ८५ करोड ३१ लाख रूपिया एउटा बिचौलियालाई लाभ हुनेगरी का.म.न.पा.भित्रका केहि रैथाने कमिसनखोरहरूको डिजाईनमा आएको निर्णयका बिरूद्ध लाग्न आग्रह गरेका थिए ।

जापान सरकारको सहयोगमा निर्मित गंगबु बसपार्क बिचौलियाको कमाई अड्डा बनेकोमा खेद प्रकट गर्दै हस्तक्षेपकारी भुमिका निर्बाह गर्न तालुकदार अड्डा र सरकार संग आग्रह गरे । टिकट काउन्टर गंगबु बसपार्क बाहेक अन्यत्र राख्न नदिने निर्णय कार्यन्वयन भए जनताले अति सास्ती खेप्न पर्नेहुदा सबै नागरिक बिरूद्धमा उत्रिन र आन्दोलनलाई साथ दिन आग्रह गरे । नारायण भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कान्छाराम तामाङ,जगन्नाथ गौतम,दिपक के.सी.,भिमज्वाला राई समेतले धारणा राखेका थिए । आन्दोलनलाई शशक्त र ब्यबस्थित गर्न केदार क्षेत्रीको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी समेत बनेको छ ।

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...