एमालेले तोक्यो २३ जनसंगठनका इञ्चार्ज



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेले सवै जनसंगठनमा सहइञ्चार्जको ब्यवस्था हटाएको छ । भर्खरै सम्पन्न सचिवालय बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको कार्यबिभाजन गर्दै जनसंगठनमा इञ्चार्ज मात्रै रहने ब्यवस्था गरेको हो । बैठकको निर्णयपछि अध्यक्ष केपी शर्मा ओलीले जारी गर्नुभएको अन्तर पार्टी निर्देशनअनुसार २३ वटा जनसंगठनमा २३ जना नेतालाई इञ्चार्जको जिममेवारी तोकिएको छ । यसअघि सहइञ्चार्ज हुने ब्यवस्था हटाइएको छ ।

जसअनुसार प्रचार फाँटको इञ्चार्ज स्थायी कमिटी सदस्य राजेन्द्र गौतमलाई तोकिएको छ । गौतमले प्रेस चौतारी नेपालको इञ्चार्जको जिम्मेवारी पाउनु भएको छ । यस्तै युवा फाँट इञ्चार्ज महेश बस्नेत, खेलकुद महासंघको इञ्चार्ज कर्णबहादुर थापाले पाउनु भएको छ । जनसंगठन समन्वय संयन्त्रको संयोजकमा भानुभक्त ढकाललाई जिम्मेवारी तोकिएको छ । संयन्त्रका सहसंयोजकको ब्यवस्था हटाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...