बिचौलियाको इन्ट्रेस्टमा बजेट बन्नु ठूलो दुर्भाग्यपूर्ण- पदम गिरी



हाम्रो इकोनोमि

 

 

नेकपा (एमाले) का सांसद पदम गिरीले जनताको रगत र पसीनाले जम्मा भएको करमा लुट मच्चाउने काम भएको बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको सुरूमै बोल्दै गिरीले अघिल्लो पटक बिचौलियामार्फत करका दर हेरफेर भएकामा यो पटक पनि मध्यरातमा बिचौलियाहरूलाई अर्थमन्त्रालयका लगेर करका दर हेरफेर गर्ने काम भएको बताए । यो विषयमा अर्थमन्त्रीले संसदमा स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै उनले बिचौलियका इन्ट्रेस्टमा बजेट बन्ने काम भएको हुन्छ भन्ने हामीले सुन्नुपर्दा यो भन्दा ठूलो दुर्भाग्यपूर्ण के हुन्छ ? भन्दै प्रश्न गरे ।

‘जनताको रगत र पसीनाले जम्मा भएको करमा लुट मच्चाउने काम हुन्छ । त्यसले जनतामा निराशा पैदा गराउने काम गरेको छ । अहिले पनि बजेट भाषणको अघिल्लो दिन मध्यरातमा बिचौलियाहरू लाने काम भएको छ । बिचौलिया राखेर करका दर तलमाथि गर्ने काम भएको छ भन्ने आएको छ । अर्थमन्त्रीले बजेट भाषण गर्ने क्रममा उहाँले ल्याएको ब्रिफकेसमा रातो रिबनले बाँधिएको हुन्छ । यसको अर्थ पनि होला नि रु जहाँ बजेट बनिरहेको हुन्छ त्यहाँ रिबन बाँधेर के गर्ने ? त्यहाँभित्र बिचौलिया बसेका हुन्छन् । बिचौलियका इन्ट्रेस्टमा बजेट बन्ने काम भएको हुन्छ भन्ने हामीले सुन्नुपर्दा यो भन्दा ठूलो दुर्भाग्यपूर्ण के हुन्छ ?,’ गिरीले भने ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...