करका दर हेरफेर प्रकरणमा विपक्षीको एकस्वर



हाम्रो इकोनोमि

 

 

बजेट निर्माणमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता भएको आरोप लागेपछि संसद् बैठक प्रभावित भएको छ ।प्रतिपक्ष नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको बैठकमा पनि विरोध गर्ने जनाएपछि बैठक बस्न ढिलाइ भएको हो । ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म बस्न सकेको छैन । परामर्श समितिको बैठकमा करको दरको विषयमा कुरा उठेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

उनले भने, ‘बैठक केही समयमा सुरु हुन्छ। उहाँहरूले आआफ्नो कुरा राख्नुहुन्छ । सोमबारको बैठकमा पनि करको दर हेरफेरमा बाहिरको व्यक्तिलाई संलग्न गराएको भन्दै भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न उठाएका थिए । त्यसो त यसअघि पनि सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एक ठाउँमा उभिएका थिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...