करेन्ट चाउचाउद्धारा गैर कानूनी रुपमा वाइवाइ ट्रेडमार्कको नक्कल



 

 

 

यशोदा फुड्स प्रा.लि. द्धारा उत्पादित करेन्ट चाउचाउले नेपालको प्रतिष्ठित वाइवाइ चाउचाउको ट्रेडमार्क नक्कल गरि वाइवाइ जस्तै देखिने गरि उपभोक्तालाई झुक्याउने काम गरेको छ । यसबाट यशोदा फुड्सले कानूनको प्रत्यक्ष उल्लंघन मात्रै गरेको छैन, उपभोक्ताको अधिकार समेत हनन् गरेको छ । वाइवाइ नेपालको सर्वाधिक लोकप्रिय चाउचाउ हो । अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड कायमगरि चौधरी ग्रुपद्धारा उत्पादित वाइवाइ नेपालका साथै विश्वभर छरिएका नेपालीका विगत चार दशकदेखि पहिलो रोजाईमा रहदै आएको छ । यसरी गुणस्तर र स्वादमा अन्तर्राष्ट्रिय ख्याती कमाएको वाइवाइको लोकप्रियताको दुरूपयोग गर्ने नियतका साथ वाइवाइ जस्तै देखिने गरि र्‍यपर प्रयोग गरेर उपभोक्ताको अधिकारमाथि प्रत्यक्ष प्रहार गरिएको छ । करेन्ट चाउचाउले आफुलाई वाइवाइ जस्तै देखाएर उपभोक्तालाई भ्रमित पार्ने काम गरेको हो ।

वाइवाइ जस्तै देखिने र्‍यपर प्रयोग गरि करेन्ट चाउचाउले ट्रेडमार्क ऐन २०२२ को उल्लंघन रउपभोक्ता अधिकारमाथि प्रत्यक्ष हनन् गरेपछि सीजी फुड्स प्रा.लि. ले उद्योग विभागमा मुद्धा दायर गरिसकेको छ । पेटेन्ट, डिजाईन र ट्रेडमार्क ऐन २०२२ को दफा १६ (२) मा कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क अरु कसैले नक्कल गर्न हुदैन भनिएको छ । उपभोक्तालाई भ्रममा पार्ने गरि ट्रेडमार्क हु बहु नक्कल गरि प्रयोग गरेमा उक्त ऐनको दफा १९ अनुसार उद्योग विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रूपैयाँसम्म जरिवना र सो कसुरसँग सम्वन्धित सबै मालसामान बजारबाट जफत हुने व्यवस्था गरेको छ । सीजी फुड्सले यहि कानून अनुसार करेन्ट चाउचाउमाथि कारबाही हुनुपर्ने माग गरेको छ । कानूनले यस सम्वन्धी निर्णय गर्ने अधिकारी उद्योग विभागका महानिर्देशकलाई तोकेको छ । विभाग सम्वद्ध अधिकारीहरूका अनुसार सीजी फुड्ले २०७९ साउनमा विभागमा दर्ता गरिएको मुद्धा लामो समयदेखि विचाराधिन अवस्थामा छ जसका कारण उपभोक्ताको अधिकार हनन् भएको छ भने विश्वमै स्थापित उपभोक्ताको सर्वप्रिय ब्राण्ड वाइवाइमाथि अन्याय भएको छ ।

 

 

ठूला र स्थापित ब्राण्डका उत्पादन प्रति उपभोक्ताको विश्वास हुन्छ । उक्त विश्वास आर्जन गर्न कम्पनीले लामो सयम र ठूलो वित्तिय लगानी गरेका हुन्छन् । त्यसको दुरूपयोग गरेर नाफा कमाउने धुनमा डुब्लिकेटको बिगबिगी बढिरहेको छ । यस्तो प्रवृत्तिले स्थापित ब्राण्डलाई भने ठूलो नोक्सानी पु¥याउछ । स्थापित ब्राण्डको नक्कल गर्नेहरुको केहीदिनमै उपभोक्तालाई भ्रममा पारेर मुनाफा कमाउने र वास्तविकता खुलेपछि उत्पादन बन्द गरिदिने प्रवृत्ती देखिएको छ । पछिल्लो समयमा नेपाली बजारमा पनि स्थापित भइसकेका ब्राण्डको दुरुस्त हुने गरी ट्रेडमार्कको नक्कल गर्ने प्रवृत्ती मौलाउदै गएको छ । स्थापित वस्तुहरुको ट्रेडमार्र्क हुबहु प्रयोग गर्ने र प्याकेजिंङ उस्तै देखिने गरि गरेर कमलागतमा धेरै मुनाफा आर्जन गर्ने प्रवृत्ती बढेको छ । यस्तो प्रवृत्तीलाई बौद्धिक सम्पत्ती संरक्षणका विज्ञहरूल अर्काको बौद्धिक सम्पत्ति दुरुपयोग गरेर खान पल्केको समूहका रुपमा टिप्पणी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल

चितवन रविको स्टन्टबाजीको शिकार भयो : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले पटक पटक नेपालको लोकतान्त्रिक परिवर्तनको अगुवाइ

रास्वपा हावादारी हो, उसको कुनै योजना छैन : राजेन्द्र लिङदेन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम

अराजक क्रियाकलापलाई मौलाउन दिन्नँ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र