इन्दोरमा बाजागाजासहित अभूतपूर्व स्वागत भयो : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

भारतले नेपालका प्रधानमन्त्रीलाई गतिलो स्वागत नदिएको भनेर सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहँदा आज संसदमा पनि यो विषय उठ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीलाई ‘कार्यालय सहयोगी’ को जस्तो व्यवहार गरिएको बताए । शाहीलाई जवाफ दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतमा आफूलाई स्वागत र सम्मानमा कमि नगरिएको दाकी गरेका छन् । उनले आफ्नो स्वागतमा राज्यमन्त्री मात्रै विमानस्थलमा आउनु त्यहाँको सामान्य अभ्यास भएको बताए । दिल्लीमा विगतका प्रधानमन्त्रीहरुले जस्तै स्वागत पाएको तर इन्दोर र उज्जैनमा अभूतपूर्व स्वागत पाएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालको भनाइ जस्ताको तस्तै

कतिपय माननीय सदस्यले कस्तो हेपेको नि भारतले भन्नुभयो । मलाई त्यस्तो लाग्दैन । पूर्वप्रधानमन्त्रीहरु धेरैजसो जाँदा राज्यमन्त्री नै आएका छन् एयरपोर्टमा । अझ कतिपय जाँदा त सचिव र सहसचिव आएर पनि लगेका छन्, हेक्का रहोस । खास खास क्षणमा मात्रै विदेशमन्त्री र प्रधानमन्त्री नै आउने हुँदो रहेछ । नत्र राज्यमन्त्री नै हो । प्रचण्डलार्ई भएर राज्यमन्त्री पठाएको होइन ।

दिल्लीमा जुनसुकै प्रधानमन्त्री जस्तै थियो स्वागत, सम्मान र प्रचारप्रसार । इन्दोरमा अलि विशिष्ट थियो । तर इन्दोरमा नेपाली र भारतीय ठूलो संख्यामा जुटेर दुवैतिरका झण्डा हल्लाउँदै, नाच नाच्दै, बाजा बजाउँदै विशिष्ट स्वागत थियो एयरपोर्टमा । इन्दोरबाट उज्जेनसम्म जाँदा अभूतपूर्व बाजागाजा, नाचगान… सबै… नेपाली हिन्दी… थियो । हाम्रा नेपाली दिदीबहिनी दाजुभाइ र भारतीय नेताले यस्तो सम्मान र स्वागत त अमेरिकाको राष्ट्रपति आउँदा एकचोटि देखिएको थियो, अहिले नेपाली प्रधानमन्त्री आउँदा देखयो भने । पुरै टिमका सबैजना उत्साहीत भएर आएको स्थिति हो । धेरै पो राम्रो गरे त भन्ने भावसहित आएका छौं । अपमानित महसुस गरेनौं । चिन्ता लिनुपर्ने स्थिति छैन ।

प्रतिक्रिया दिनुहोस
सरकारले स्वास्थ्य, शिक्षा र विद्युतमा समेत लगायो कर

    आजदेखि नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएको छ । यससँगै सरकारले...

अहिले प्रदेश सरकार फेरबदलको समय होइन : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले कार्यकालको अन्तिम समयमा प्रदेश सरकार फेरबदल...

मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

    ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको...