कालापानीसँग भूमि साट्ने प्रस्ताव मैले कहीँ पनि गरेको छैन : प्रधानमन्त्री



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कालापानीसँग भूमि साट्ने प्रस्ताव आफूले कहीँ नगरेको प्रष्टीकरण दिएका छन् ।प्रतिनिधिसभाको बैठकमा भारत भ्रमणबारे विपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै भारतीय प्रधानमन्त्री आफैँले सीमाको विषयमा प्रष्टसँग कुरा उठाएको बताए । उनले भने, ‘मैले कहीँ पनि विकल्प यो हुन्छ भनेर प्रस्ताव गरेको छैन । प्रष्ट होस् । कहीँ कोही कम्फ्युजन नहोस् । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्नेमा प्रष्ट छु । मैले त्यही अनुसार भूमिका खेलेको छु ।’ प्रधानमन्त्री दाहालले चार दिने भारत भ्रमण उपलब्धिमूलक भएको दाबी गरेका छन् ।

उनले भने, ‘नेपाल र भारतबीच बहुआयामिक घनिष्ट सम्बन्धलाई समानता र आपसी लाभको आधारमा ठूलो योगदान गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलस्त कुराकानीबाट विश्वासको नयाँ वातावरण सिर्जना भएको छ । थाती रहेको विषयलाई सम्बोधन गर्न सकिने विश्वासको आधार तय भएको छ । उनले भारतीय प्रधानमन्त्रीलाई आफूले पनि नेपाल भ्रमणको निम्ता गरेको उल्लेख गर्दै उपयुक्त समयमा आउने बताएको जनाए ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...