प्रतिपक्षी दलको अवरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित



हाम्रो इकोनोमि

 

 

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति प्रतिपक्ष दलहरू एकजुट भएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोधपछि राष्ट्रियसभामा र प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रतिपक्षी दलको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभाको अर्को भोलि दिउँसो १:०१ बजेलाई बोलाइएको छ । भने एक घण्टाको लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिको विरुद्ध प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् ।

प्रतिपक्ष दलहरूले एकजुट भएर प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने अडान राखेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म बैठक चल्न नदिने चेतावनी दिए । यस्तै, उनले फूलबारी बन्दरगाहाको रुट प्राप्तका निम्ति नेपालको पश्चिम कालापानी, लिम्पियाधुरा लिपुलेक क्षेत्र दिन तयार रहेको भन्ने कुराले नेपालको शीर निहुरिएको बताए ।

उनले भने, ‘हामीलाई अपमान बोध भएको छ । राष्ट्रियताप्रति एउटा गम्भीर प्रश्न उब्जाउने कुरा भएको छ । यस्ता कुरा प्रधानमन्त्रीबाट आउनु भनेको निकै दुःखद कुरा हो, उहाँले त्रुटि च्याउनुपर्छ । सदनका अगाडि माफी माग्नुपर्छ ।’ यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पनि भारत भ्रमण गर्नुभन्दा एक-दुई घण्टाअघि मात्रै किन त्यसलाई प्रमाणीकरण गर्नुपर्‍ यो? कसको स्वार्थको लागि र कसको खुशीका लागि यो काम गरियो ? भन्दै प्रश्न गरे ।

उनले भने, ‘जुन प्रक्रियाबाट, जुन समयमा नागरिकता विधेयक प्रमाणीकरण गरियो त्यसको राष्ट्रिय प्रजातन्त्र पार्टी घोर भर्त्सना र विरोध गर्छ । यसलाई संसदबाट यसलाई अगाडि बढाउन ढिलाई नगरियोस् । गल्ती गरिएको छ, त्यसलाई सच्याइयोस् । उनले रेशम चौधरीको रिहा, भारतले नयाँ संसद भवनमा राखेको अखण्ड भारतको नक्सा, भारतीय प्रधानमन्त्रीसँगको भेटमा भएको कुराबारे सदनलाई जानकारी नगराएसम्म बैठक चल्न नदिने चेतावनी दिए ।

यस्तै, रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सरकारले रवैया आफूहरू हेरेर नबस्ने चेतावनी दिए । राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकको विरोध गर्दै बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने उनको भनाइ छ । उनले भने, ‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौं । हाम्रो यसमा समर्थन छैन । यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो । संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसु आफ्नो काम गर्ने ? यो रवैयालाई स्वीकार्दैनौं । नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडकबाट संघर्ष गर्न तयार रहेको उनले प्रष्ट्याए ।

प्रतिक्रिया दिनुहोस
सरकारले फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

    यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा...

आज ४ बजे देखि भोलि बिहान ६ बजे सम्म तीव्र गतिको हावाहुरी चल्ने

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज हावाहुरी सुरु...

देउवा पक्ष कांग्रेसको भेलामा को–को पुगे ?

    नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समूहको बैठक जारी छ...

वाणिज्य बैंकहरुको नाफा ४९ अर्ब २१ करोड, सबैभन्दा बढी नबिलले कमायो

    वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । चालु आर्थिक वर्ष...