२५ नम्बर इजलासमा बयान दिँदै पूर्वगृहमन्त्री खाण



हाम्रो इकोनोमि

 

 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।२५ नं इजलासमान्यायाधीश प्रेमप्रसाद न्यौपानेसमक्ष तीनै जनाले बयान दिन सुरु गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएकोमा १८ जना पक्राउ परेका छन् भने बाँकी १२ जना फरार छन् । पक्राउ परेकामध्ये खाण, रिजाल र महर्जनसँगमात्र बयान लिन बाँकी छ । अन्य १५ प्रतिवादीसँग बयान लिइसकिएको छ । अदालत स्रोतका अनुसार उनीहरुको आजै बयान सकिने छ ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...