भारतले नेपाललाई बुझायो रक्सौल-काठमाडौं रेलमार्गको सर्भे रिपोर्ट



हाम्रो इकोनोमि

 

 

भारतले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे रिपोर्ट नेपाललाई बुझाएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्राका अनुसार बिहीबार हैदरावाद हाउसमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रतिनिधि मण्डलस्तरीय वार्तापछि रिपोर्ट नेपाललाई बुझाइएको हो । रेलवे विभागका प्रवक्ता अमन चित्रकारका अनुसार भारतको कोंकण रेलवेले रक्सौल-काठमाडौं रेलमार्गको फाइनल लोकेसन सर्भे गरेको हो ।

झन्डै १८ महिना खर्चिएर गरिएको उक्त सर्भे विस्तृत परियोजना अध्ययन हो कि होइन एकिन छैन। तर नेपाली अधिकारीहरूले यो सर्भेपछि डिपिआर गर्नु नपर्ने बताएका छन्। यो सर्भे भारतीय पक्षले अनुदानमा गरिदिएको हो । केही साताअघि भारतीय पक्षले आफूले गरेको सर्भेका मुख्य बुँदाबारे दुई देशको जोइन्ट वर्किङ ग्रुपको बैठकमा प्रस्तुतिकरण दिएका थिए ।

रक्सौल-काठमाडौं ब्रोडगेजको रेलमार्ग बनाउन २ खर्ब बढी भारतीय रुपैयाँ लाग्ने सर्भेको निष्कर्ष छ ।  कोंकण कम्पनीले गरेको सर्भे प्राप्त भएपछि अध्ययन गर्ने, त्यसमा केही संशोधन गर्नुपर्ने भए सुझाव, प्रतिक्रिया दिने प्रक्रिया सुरू हुने भौतिक पूर्वाधार मन्त्रालय सचिव केशव शर्माले बताए । हाम्रो फास्टट्रयाक कहिले बनिसक्छ । त्यसले काठमाडौं-तराई आवागमन कति सजिलो हुन्छ हेरेर रेलमार्ग बनाउन उपर्युक्त छ कि छैन भन्ने निर्णय गर्नुपर्ने हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...