पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल–भारतबीच सम्झौता



हाम्रो इकोनोमि

 

 

पेट्रोलियम पाइपलाइन विस्तार गर्न नेपाल र भारत सरकारबीच सम्झौता भएको छ ।  दुई देशबीच क्रसओभर पाइलाइन अम्लेखगञ्ज, चितवन, सिलगुडी झापा, टर्मिनलहरूको निर्माण सम्बन्धी सम्झौता भएको हो ।   नेपालको तर्फबार्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र भारतका तर्फबाट पेट्रोल, प्राकृतिक ग्यास र शहरी क्षेत्रका हाउजिङ मामिला मन्त्री हर्दिप सिंह पुरीबीच सम्झौता पत्र आदान प्रदान भएको हो ।  सो सम्झौतापछि अब चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार हुनेछ ।  त्यहाँ एक लाख बढी किलोलिटर क्षमताको ग्रीन फिल्ड टर्मिनल (डिपो) बनाइने छ ।  हाल मोतिहारी–अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन छ । त्यहाँबाट चितवनको लोथर (६९ किलोमिटर) सम्म लैजान लागिएको ह ।

यसका लागि सरकारले पहिलेदेखि अध्ययन गर्दै आएको थियो । चितवनमा नेपाल आयाल निगमको आफ्नै जग्गामा डिपो बनाइने छ ।   त्यस्तै, शिलगुडी–झापा पेट्रोलियम पाइपलाइन पनि बन्ने भएको छ । इंडियन आयाल कर्पोरेसनको सिलगुडीमा डिपो छ। सोही ठाउँबाट झापासम्म पेट्रोलियम पाइपलाइन बनाउने हो ।  नेपाल आयाल निगमको आफ्नै जग्गामा ४० हजार किलोलिटर क्षमताको पेट्रोलियम बनाइने छ ।  पेट्रोलियम पाइपलाइन विस्तार गर्ने कार्य सरकारको नीति तथा कार्यान्वयनमा समेटिदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...