सन्दीपको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मङ्गलवार भेला भएका युवाहरूले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् । अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरूको माग छ । लगातार पेसी सारिएपछि युवाहरू सडकमा उत्रिएका हुन् ।

यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मङ्गलवार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागे पछिमात्र फैसला सुनुवाइ हुने बताएको हो । साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् ।

 

    

प्रतिक्रिया दिनुहोस
पोखरेल समूहको अवधारणापत्र पार्टीमा बुझाउने तयारी

     नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको...

गोवाको नाइट क्लबमा आगलागी हुँदा ४ नेपालीको मृत्यु

    भारत गोवाको अरपोरा क्षेत्रमा रहेको नाइट क्लबमा शनिबार मध्यरातमा भएको आगलागीमा...

११४ दललाई निर्वाचन चिन्ह प्रदान, एमालेको ‘सूर्य’ पहिलो

    निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दर्ता...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटघाट

   प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । भण्डारी...