सन्दीपको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन



हाम्रो इकोनोमि

 

 

क्रिकेटर सन्दीप लामिछाने न्यायका लागि युवाहरूले प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघर मण्डलामा मङ्गलवार भेला भएका युवाहरूले सन्दीपलाई चाँडो न्याय दिन माग गरेका छन् । अदालतमा विचाराधीन मुद्दाको किनारा चाँडो लगाउनुपर्ने उनीहरूको माग छ । लगातार पेसी सारिएपछि युवाहरू सडकमा उत्रिएका हुन् ।

यसैबीच सन्दीपविरुद्धको मुद्दाको फैसला मङ्गलवार पनि हुन सकेन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागे पछिमात्र फैसला सुनुवाइ हुने बताएको हो । साथै मुद्दाको अन्तिम किनारा नलागेकाले विश्वकप छनोट अघि दक्षिण अफ्रिकामा हुने अभ्यास खेलमा सन्दीप सहभागी नहुने भएका छन् ।

 

    

प्रतिक्रिया दिनुहोस
यूएईले अमेरिकालाई आफ्नो जमिन प्रयोग गर्न नदिने

    संयुक्त अरब इमिरेट्सले अमेरिकालाई आफ्नो जमिनबाट इरानमाथि हमला गर्न नदिने भएको...

तेल ढुवानीको जलमार्ग अवरोध गर्ने इरानको घोषणा

    इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीले विश्वबजारमा इन्धन आपूर्तिको एक प्रमुख...

एमाले अध्यक्ष ओलीलाई पितृ शोक

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ ।...

आधा सिलिन्डर मात्रै ग्यास बिक्री गर्ने सरकारको तयारी

    खाना पकाउने ग्यासको अभाव चर्किएपछि सरकारले आधा सिलिन्डर मात्रै बिक्री गर्ने...