कांग्रेस केन्द्रीय समितिको बैठक जेठको अन्तिममा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसले भ्रातृ संगठनलाई पूर्णता दिन गृहकार्य थालेको छ । नेविसंघ र तरुण दललाई केही दिनमा पूर्णता दिने गरी छलफल अघि बढाएको हो । भोलि वा पर्सिभित्र नेविसंघ र तरूण दललाई पूर्णता दिने तयारी भइरहेको कांग्रेस महामन्त्री गगन थापाले बताए । अहिले नेविसंघ र तरूण दलमा अध्यक्षमात्रै छन् । पार्टीका भ्रातृ संगठनहरुलाई पूर्णता दिनेबारे पार्टीमा छलफल भइरहेको सहमहामन्त्री डिना उपाध्यायले बताइन् । उनले भनिन्, ‘केही समयअघि बसेको पदाधिकारी बैठकमा पनि छलफल भएको थियो । अब केही समयमा टुंग्याउने गरी छलफल भइरहेको छ । चाँडै टुंग्याउनुपर्छ भन्नेमा पार्टी नेतृत्व सहमत हुनुहुन्छ ।’ यस्तै पार्टीको जेठ मसान्तसम्ममा केन्द्रीय समिति बैठक बस्ने महामन्त्री थापाले बताए । कांग्रेसको गत वर्ष साउनदेखि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका नेताहरुले पटक पटक बैठक बस्न माग गर्दै आए पनि देउवाको अनिच्छाको कारणले बैठक बस्न सकेको छैन । तर, महामन्त्री थापाले अब बस्ने बैठकले त्यसपछिका बैठक कहिले कहिले बस्ने भन्ने मिति तय गर्ने बताए ।

उनले भने, ‘जेठको मसान्तमा बस्ने बैठकले केन्द्रीय समिति कुन महिनाको कति गते बस्ने भनेर वर्षभरको तिथिमिति पनि निर्धारण गर्छ । केन्द्रीय समिति बैठक बसेन भन्ने गुनासा अब हट्छन् ।’ कांग्रेस विधानअनुसार पार्टीको बैठक दुई महिनाको अन्तरमा बस्नुपर्ने उल्लेख छ । तर, पार्टी नेतृत्वकै कारणले बैठक बस्न नसकेको भन्दै नेताहरु रुष्ट छन् ।

पार्टीलाई सुधार्न अब प्रत्येक सदस्य जोखिम उठाउन तयार हुनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले पार्टी सुधार्न भदौमा नीति अधिवेशन गर्ने तयारी भइरहेको बताए । उनले भने, ‘मेरो महामन्त्री पद गए पनि जाओस् । म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छु ।’ कांग्रेसका अर्का नेता गुरुराज घिमिरे पार्टीको केन्द्रीय समितिको बैठक चाँडै बस्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीले केन्द्रीय समितिको बैठक राख्न पहिलादेखि नै माग गरिरहेका छौं । अहिलेसम्म राख्न सकेको छैन । गत निर्वाचनको अहिलेसम्म समीक्षा हुन सकेको छैन । त्यसैले हामीले बैठक राख्न माग गरिरहेका छौं । तर, अहिलेसम्म मिति तय भएको छैन ।’

त्यसो त घिमिरेसहित संस्थापन इतर पक्षका युवा नेताहरुले कांग्रेस रुपान्तरण अभियान पनि चलाइरहेका छन् । पार्टीभित्र देखिएका कमीकमजोरीको अन्त्य, कांग्रेस नेतृत्वले लिएको नीति, पार्टी सभापतिको कार्यशैलीका विषयमा पनि छलफल चलाइरहेका छन् । देउवाले पार्टीभित्र उठेका विषयलाई बैठक नराखी टार्दै गइरहेको नेताहरुको आरोप छ । अहिले चर्चामा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई कारबाही गर्नुपर्ने विषयमा पार्टी नेताहरुले देउवामाथि दबाब बढाइरहेका छन् । इतर पक्षका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मासहित अधिकांश नेताहरुले खाणलाई निलम्बन गर्नुपर्ने अडान राखे पनि देउवाले सुनेका छैनन् । आरोप लाग्दैमा अपराधी नहुने भन्दै अदालतको फैसला कुर्नुपर्ने संस्थापन पक्षको बुझाइ छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...