रेशम चौधरीलाई गलत तरिकाले छाडियो : रवि लामिछाने



हाम्रो इकोनोमि

 

 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले रेशम चौधरीलाई गलत प्रक्रियाबाट छाडेको बताएका छन् । रास्वपा सांसद बिन्दबासिनी कंसाकारको शपथपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ भनेर संसदमा बोलिसकेका थियौँ। तर, तीनै तहको अदालतले फैसला सुनाएको विषय यसलाई राजनीतिक रूपमा हेर्न खोजियो । रेशम चौधरीमाथि पनि न्याय भयो र रु उहाँले दुई दिनअघि मात्रै मलाई निर्दोष छु भनिराख्नुभएको थियो । उहाँ निर्दोष हुनुहुन्छ भन्ने विश्वासमा हामी नै थियौँ। तर, अहिले उहाँ निर्दोष भएर छुट्नुभएन नि । जुन लडाइँ उहाँको थियो त्यो जित्नुभएन । उहाँ कैद मिनाहा भएर निस्कनुभयो। कैद मिनाहा भनेको निर्दोष होइन । उनले चौधरी दोषी स्वीकार गरेर निस्किएको टिप्पणी गरे। थारुहरूले गरेको संघर्षले विजय प्राप्त नगरेको उल्लेख गर्दै थारुहरूको पक्षमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...