पार्टीको उपचारमा लाग्दा महामन्त्री पद गए जाओस : गगन थापा



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जलहरी प्रकरणमा एमाले र माओवादीको लहलहैमा पार्टी सभापति शेरबहादुर देउवा लागेको आरोप लगाएका छन् । नेपाली कांग्रेस ललितपुर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले संसदीय व्यवस्थामा पार्टीका नेताहरु उभिन नसकेको टिप्पणी गरे । उनले भने, ‘एकजना सांसदले संसदमा पशुपतिको जलहरीको सन्दर्भमा एउटा विषय उठाउनुभयो । पशुपतिको जलहरीको विषयमा अनुसन्धान भइरहेको छ, टुंगिएला । पशुपतिको जलहरीको विषयमा संसदमा बोल्न पाइन्थ्यो कि पाइँदैनथ्यो छलफलको विषय बन्ला । तर, संसदको एउटा नियम छ ।’

माओवादी संसदीय व्यवस्था नै सुरुदेखि राख्न नचाहेको पार्टी भन्दै उनले एमालेले संविधानविपरीत संसद विघटन गरेको स्मरण गरे । उनले भने, ‘एमाले र माओवादीको लहलहैमा लागेर कांग्रेसका नेताले संसदभन्दा बाहिर बसेर संसदमा त्यो नेताले बोलेको कुरा हटाइदिने भन्यो भने अब मैले सांसदको रुपमा बोल्ने कि नबोल्ने ? मैले बोलेको कुरा चित्त बुझेन भने तीन नेताले हटाइदिने भए ।’ उनले अब पार्टीको गलत निर्णय गर्नबाट पार्टीलाई सच्याउन सकिए कांग्रेसको वेगलाई कसैले रोक्न नसक्ने दाबी गरे । महामन्त्री थापाले भने, ‘नयाँ पुराना कोहीसँग डराउन पर्दैन । तर, पार्टीमा जहाँ रोग लागेको छ, त्यहाँ उपचार गर्नुपर्छ । पार्टीको प्रत्येक सदस्य अब जोखिम उठाउन तयार हुनुपर्छ । मेरो महामन्त्री पद गए पनि जाओस्, म कांग्रेस कार्यकर्तामात्रै भएर बस्न परे बस्न तयार छु ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...